सुर्खेतको गुर्भाकोटमा सेनाद्वारा विद्यालय भवन हस्तान्तरण | Khabarhub Khabarhub

सुर्खेतको गुर्भाकोटमा सेनाद्वारा विद्यालय भवन हस्तान्तरण


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत : नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

सेनाको रु २८ लाख ९१ हजार तथा बाँकी रकम नगरपालिका लगायतले बेहोरेपछि चार कोठे भवन निर्माण भएको हो । विसं २०५२ मा स्थापना भएको विद्यालय कमजोर भौतिक पूर्वाधारकै कारण मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षकले पारिश्रमिक नलिएरै पढाइरहेको विषयमा दुई वर्षअघि विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सेनाले भवन निर्माणमा चासो दिएको हो ।

सेनाको पश्चिम कमाण्ड सेनापति उपरथी पे्रम शाहीले विकास निर्माणमा सेनाको सहयोगले नागरिक र सेनाबीचको सम्बन्धलाई फराकिलो हुने बताए । उनले सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरे ।

सुरुमा एकतले भवन निर्माण गरेको सेनालाई स्थानीयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । भवन निर्माणमा कालीबक्स गणका इञ्जिनीयर र कालीगढ खटिएका थिए । गणबाट खटिएका ३५ विभिन्न दर्जाका प्राविधिकहरुले ११५ दिनमा भवन निर्माण सम्पन्न गरेका हुन् ।

निर्माण पूरा भएपछि पश्चिम कमाण्ड सेनापति शाहीले गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरे । नगरप्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : १३ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र