ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु


२१ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम (पूर्व) – ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार दुई जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुईदुई जनाको ज्यान गएको छ । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

प्रकाशित मिति : २१ जेठ २०७९, शनिबार  ६ : ५३ बजे

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन

मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नु पर्दैन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले

वैतेश्वरमा १०८ फिट अग्लो नागदेवताको मूर्ति निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकास्थित वैतेश्वर महादेव मन्दिर परिसरमा १०८ फिट

विगतका गल्ती स्वीकार्दै गगनले भने : १० वर्षयता मेरै पार्टीका निर्णयले शिर निहुरियो, रास्वपासँग सिक्न तयार छौं’

चितवन- नेपाली कांग्रेसका सभापति गगनुकमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)