भोलि उपत्यकाका निजी विद्यालय बिदा « Khabarhub

भोलि उपत्यकाका निजी विद्यालय बिदा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको निधनको शोकमा भोलि (आइतबार) बिदा हुने भएका छन् । निजी विधालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव , एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको असामयिक निधनको शोकमा काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएका छन् ।

प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा आइतवार काठमाडौं भरिका सम्पुर्ण निजी विद्यालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई अपिल गरेका छन् ।

प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एनप्याब्सन काठमाडौंका अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेर एक विज्ञप्ती जारी गर्दै आइतवार निजी विधालय बन्द गर्ने जानकारी गराएका हुन् ।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय गुरुङको उपचारका क्रममा बिहीबार मेडिसिटी हस्पिटलमा निधन भएको थियो । ब्रेन ह्यामरेजको अपरेशसन असफल भएपछि उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शनिबार २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

जारी विज्ञप्ती यस्तो छ

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ९ : ३९ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग