मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आज बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । मोटरसाइकलमा पछाडी बस्ने महिला घाइते भएकी छन् । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो ।  घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ । 

चरिकोटबाट तामाकोसी तर्फ जाँदै  गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिक अप भ्यान र विपरीत दिशाबाट आँउदै गरेको श्रेष्ठ दम्पती सवार बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आज बिहान साढे ७ बजे ठोक्किएका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १ : ३८ बजे

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट