मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु  « Khabarhub

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको मृत्यु 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको भिमेश्वर नगरपालिका–४ अनाथालय स्थित सडकमा आज बिहान भ्यान र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक दोलखाको भिमेश्वर नगरपालिका–५ जिलुका अन्दाजी ३३ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । मोटरसाइकलमा पछाडी बस्ने महिला घाइते भएकी छन् । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चरिकोट अस्पतालमा मृत्यु भएको हो ।  घाइते भएकी मोटरसाइकलमा पछाडी सवार श्रेष्ठकी ३२ वर्षीया श्रीमती सजिताको सोही अस्पतालमा उपचार भइरहेको छ । 

चरिकोटबाट तामाकोसी तर्फ जाँदै  गरेको प्रदेश ३–०१–०२४ च ५९१९ नम्बरको पिक अप भ्यान र विपरीत दिशाबाट आँउदै गरेको श्रेष्ठ दम्पती सवार बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल आज बिहान साढे ७ बजे ठोक्किएका थिए । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १ : ३८ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै