सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ  « Khabarhub

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । टाउकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्ट्याई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १ : २० बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै