सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ  | Khabarhub Khabarhub

सर्लाहीमा १३ केजी गाँजासहित किशोरी पक्राउ 


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको मलंगवा नगरपालिका–९ बाट करिब १३ केजी अवैध लागूऔषध गाँजासहित एक जना किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने १८ वर्षीया किशोरी छन् । उनलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । टाउकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्ट्याई भागेकी उनलाई सोही नगरपालिका–९ बस्ने धनराज साहको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो । उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १ : २० बजे

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

एजेन्सी – गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र

भोटेकोशी र सुनकोशीमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्ला भएर बग्ने भोटेकोशी