कम प्रकाशमा फेसबुक चलाउँदै हुनुहुन्छ ? यसरी गर्नुहोस डार्क मोड अन | Khabarhub Khabarhub

कम प्रकाशमा फेसबुक चलाउँदै हुनुहुन्छ ? यसरी गर्नुहोस डार्क मोड अन


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जिङ एपमा डार्क मोड फिचर पनि राखेको छ । यो फिचरले राति अध्याँरोमा तथा कम प्रकाश भएको अवस्थामा मोबाइल फोनको तेजिलो ब्लु लाइट (नीलो प्रकाश) बाट आँखालाई बचाउने छ । यो फिचर आईएसओ तथा एन्ड्रोइड दुवैमा उपलब्ध रहेको छ । फेसबुकले गत वर्ष मेमा भएको एक सम्मेलनमा यो फिचरको परीक्षण भइरहेको संकेत गरेको थियो ।

मून ईमोजी पठाएर एक्टिभेट गर्नुहोस्

डार्क मोड फिचरलाई अन गर्नका लागि युजर अर्थात प्रयोगकर्ताले पछिल्लो भर्सन इन्स्टल गर्नु पर्ने हुन्छ ।
यसपछि कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा गएर मून (चन्द्र) ईमोजी पठाएर यो फिचर एक्टिभेट गर्न सकिने छ ।

कसरी प्रयोग गर्ने

  • सबैभन्दा पहिले गुगल प्ले स्टोरमा गएर म्यासेन्जर एपको पछिल्लो भर्सन अपडेट वा इन्स्टल गर्नुहोस् ।
  • यसपछि म्यासेन्जरमा कुनै पनि कन्ट्याक्ट (सम्पर्क) मा जानुहोस् । अनि ईमोजी अप्सनबाट मून (चन्द्र) ईमोजी पठाउनुहोस् ।
  • ईमोजी पठाउँदै गर्दा फोनको माथिल्लो भागबाट चन्द्रमा (मून) झर्दै गरेको देखिने छ । यसका साथै एक पप–अप देखिने छ । जसमा ‘तपाईंले डार्क मोड भेट्टाइसक्नु भएको छ’ लेखिएको हुन्छ ।
  • पप–अप क्लिक गरेसँगै प्रोफाइलको अप्सन खुल्ने छ । जहाँ तपाईंले डार्क मोड फिचरलाई अन गर्नु पर्दछ ।
  • फिचरलाई अन गरेपछि एपको पृष्ठभूमी (ब्याग्राउण्ड)को रंग कालोमा बदलिने छ । यसका साथै आइकोन्सका रङ पनि परिवर्तन हुनेछ ।
  • तपाईं सिधैँ प्रोफाइलमा गएर पनि यसको फिचर अन वा अफ गर्न सक्नु हुनेछ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ४ : १० बजे

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा स् बसन्त चौधरीको उपन्यास ‘देवयानी’

काठमाडौं– नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा