तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै « Khabarhub

तालिबानको शासनमा अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटको सक्रियता बढ्दै


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तालिबानले शासन चलाइरहेको अफगानिस्तानमा अल कायदा र इस्लामिक स्टेटजस्ता आतंककारी समूहको सक्रियता बढेको खुलासा भएको छ ।

संयुक्त राष्ट्रसंघले प्रतिवेदन जारी गर्दै तालिबानको शासनमा अफगानिस्तानमा आतंककारी समूहको सक्रियता बढेको जनाएको हो ।

‘तालिबान र अल कायदाबीचको सम्बन्ध अझै सुमधुर छ ।’ उक्त प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘पछिल्लो विश्लेषणबाट अल कायदाले अफगानिस्तानमा सुरक्षाको प्रत्याभूति गरेको देखिएको छ । अल कायदाका नेता आयमन अल जवाहिरीले गत अगस्टयता अझ धेरै सन्देशहरु जारी गरेका छन् ।’ प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अल कायदाका १८० देखि ४ सय लडाकु अफगानिस्तानमा सक्रिय रहेको जनाइएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले लोकतान्त्रिक रुपमा निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता कब्जा गरेको थियो ।

यता तालिबानको विदेश मन्त्रालयले भने प्रतिवेदनको खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अल कायदासँग नजिकको सम्बन्ध रहेको भन्ने आरोपको खण्डन गरेको अफगानिस्तानको टोलोन्युजले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ८ : १५ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार