भारतमा आक्रमण गर्ने अल कायदाको धम्की « Khabarhub

भारतमा आक्रमण गर्ने अल कायदाको धम्की


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो ।

यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय उपमहाद्वीपमा अल कायदा (एक्यूआइएस) समूहले यस्तो धम्की दिएको जनाइएको छ ।

६ जुनमा लेखिएको पत्रमा एक्यूआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको भारतीय समाचार पोर्टल इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको’ अल कायदाले जनाएको छ ।

१० दिनअघि भारतको एउटा  समाचार च्यानलमा भाजपाकी प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको बताइएको छ ।

उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नविन कुमार जिन्दलले पनि पैगम्बरबारे विवादास्पद ट्वीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही विषयलाई लिएर प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निकालिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३७ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट