पाकिस्तानको बलोचिस्तानमा बारुदी धराप विस्फोट हुँदा २ जना मारिए « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा बारुदी धराप विस्फोट हुँदा २ जना मारिए


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बारुदी धराप विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बलोचिस्तानको हर्नाइ जिल्लामा भएको घटनामा दुई जनाको मृत्यु भएको पाकिस्तानी अखबार द एक्प्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

हर्नाइ जिल्लाका उप आयुक्त सरदार मोहम्मद रफिकले जनाएअनुसार जिल्लाको खोस्त क्षेत्रमा घटना भएको हो । प्रमुख मार्गबाट कोइला खानीतर्फ जाने बाटोमा अज्ञात संदिग्धले बारुदी धराप राखेको जनाइएको छ ।

सोही बाटोबाट खानीतर्फ जाने क्रममा पीडितहरु चढेको ट्यांकरमा विस्फोट भएको ट्रिब्युनले जनाएको छ ।

मारिनेमा सोही जिल्लाका सलाहुद्दिन र मोहम्मद अली रहेको जनाइएको छ । मृतकको शवलाई परीक्षणका लागि अस्पताल लगिएको तथा आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा दिइने अधिकारीले जनाएका छन् ।

घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : १७ बजे

एउटा प्रश्न : ‘यो देशका प्रधानमन्त्री वालेन्द्र हुन् कि रवि लामिछाने ?’

काठमाडौं- सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि देशको

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौं– विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए । विद्यालय

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

एजेन्सी– दक्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू-भागमा

गौरीशंकरको टासिनाममा फल्यो स्याउ, पहिलो उत्पादनमै रोग-कीराको जोखिम !

दोलखा– जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउँपालिका–९ टासिनाममा पहिलोपटक स्याउ