गर्मीमा फ्रिजको पानी नपिउनुस् : तौल बढाउँछ, मुटुको गति कम गर्छ « Khabarhub

गर्मीमा फ्रिजको पानी नपिउनुस् : तौल बढाउँछ, मुटुको गति कम गर्छ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिजो आज गर्मी निक्कै बढेको छ । बढ्दो गर्मीसँगै हामीले फ्रिजको चिसो खानेकुरा खाने गरेका छौ । क्षणिक अवधिका लागि त यो राम्रो होला तर, स्वास्थ्यका लागि भने गम्भीर असर पर्ने देखिएको छ । त्यसैले चिकित्सकहरुले पनि फ्रिजको चिसो पानी नपिउन सल्लाह दिँदै चिसो पानीले मुटुलाई असर गर्ने तथा अन्य समस्या उत्पन्न हुने बताएका छन् ।

के हुन्छ चिसो पानीले थाहा पाउनुहोस ५ कारण

मुटुमा समस्या
चिसो पानीले मुटुको गति कम पार्छ । जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति नियमित भन्दा कम हुने मुटु विशेषज्ञहरु बताउँछन् । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

घाँटीमा पीडा
धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ । त्यसैले घाँटीलाई स्वस्थ राख्न चिसोबाट जोगिनु पर्छ ।

तौल बढाउँछ

खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

शरीरको तापक्रम घटबढ

शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

पाचनमा असर

बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ५३ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको