दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोला जस्तै हो : नैनसिंह महर « Khabarhub

दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोला जस्तै हो : नैनसिंह महर


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दलीय व्यवस्थामा गैरदलीयहरूको उदय खहरे खोला जस्तै भएको टिप्पणी गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीद्वारा दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरूका लागि आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले दलीय व्यवस्थाको विकल्प नभएको दाबी गरे । ‘दलीय व्यवस्थाको विकल्प छैन । स्वतन्त्र व्यक्तिको लहर खहरे खोलाजस्तै हो । तर दलहरूले उम्मेदवार चयनमा ध्यान भने दिन आवश्यक छ,’ महरले भने  ।

उनले कांग्रेस गठबन्धनको पक्षमा रहे पनि गठबन्धन विना उभिनै नसक्ने अवस्थामा भने नरहेको बताए । ‘कांग्रेसलाई गठबन्धन भए पनि ठिक छ, नभए पनि ठिक छ । कांग्रेस गठबन्धन विना उभिनै सक्दैन भन्ने होइन,’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ट्रयाकभन्दा बाहिर लिन खाजेपछि कांग्रेसले संविधान जोगाउन नेतृत्व लिएको महरको भनाइ छ ।

वर्तमान गठबन्धन संविधान र व्यवस्थाको रक्षाका लागि भएको महरले बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : २७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार