नेकपाका नेतालाई गगनको सुझाव– प्रधानमन्त्रीविरुद्ध फरक प्रस्ताव राखे ५ वर्ष जेल परिएला | Khabarhub Khabarhub

नेकपाका नेतालाई गगनको सुझाव– प्रधानमन्त्रीविरुद्ध फरक प्रस्ताव राखे ५ वर्ष जेल परिएला


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले संसदबाट पास गराउन खोजिएको विधेयक कार्यान्वयनमा आए कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका छन् ।

आफ्नो आलोचना सहन नसक्ने सरकारले अभिव्यक्ति स्वतन्त्रताको हक उपयोग गर्ने व्यक्तिलाई जेल हाल्ने गरी सूचना प्रविधि विधेयक ल्याएको उल्लेख गर्दै थापाले उक्त विधेक पारित भए आलोचनात्मक चेतना भएका कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका हुन् ।

संविधानले अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रुपमा स्थापित गरे पनि सरकाले भने त्यसलाई हरण गर्न खोजेको थापाको भनाइ छ ।

‘यहाँ त सरकारी संरक्षणमा व्यक्तिको आत्मसम्मान नै ध्वस्त गर्ने गरी गाली बेइज्जती गर्न पाउने, तर सरकारलाई मन नपरेको बेला गाली बेइज्जतीका नाममा जसको जहाँनेर, जतिखेर मन लाग्यो मुख थुन्न पाउने गरी सरकारले कानून बनाउन लागेको छ,’ आइतबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले भने, ‘संसदबाट पारित गर्न खोजिएको सूचना प्रविधि विधेयक भन्छ– कुनै पनि व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, धम्क्याउने आसयले सामाजिक सञ्जालमा सन्देश सम्प्रेषित गरेमा ५ वर्ष कैद र १५ लाख जरिवानाको सजाय भोग्नुपर्ने छ ।’

सांसद थापाले कानूनमा अस्पस्ट र दुईअर्थी भाषाको प्रयोग गरिएको उल्लेख गर्दै भने, ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’

कानूनमा हुने यस्ता अस्पष्ट भाषाले अभिव्यक्ति स्वतन्त्रताको हकमा बन्जेज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले भारतको सूचना प्रविधि ऐनको दफा (६६) (ए) लाई खारेज गरिएको उल्लेख गर्दै थापाले भने, ‘हाम्रोमा त भारतको भन्दा कठोर कानून बनाउन लागिएको छ ।’

सरकारले ल्याउन लागेको नयाँ कानूनअनुसार अब कुनै चलचित्रमा ब्यंग्यात्मक संवाद र दृश्य राखेमा पनि चलचित्रकर्मीहरुलाई ५ वर्षको सजाय हुनसक्नेतर्फ थापाले सचेत गराए ।

यस्तै वर्तमान सरकारले ल्याएको विधेयकअनुसार प्रधानमन्त्रीविरुद्ध फरक मत राख्ने पार्टी भित्रकै नेताहरुलाई पनि सजाय हुन सक्ने भन्दै थापाले नेकपा नेता र सांसदहरुको समेत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : २१ बजे

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान– आज सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला