सार्वजनिक सवारीमा लुटपाट गर्ने ८२ जना पक्राउ « Khabarhub

सार्वजनिक सवारीमा लुटपाट गर्ने ८२ जना पक्राउ


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अभियानका क्रममा सवारीसाधनमा पाकेट मार्ने तथा चारी गर्ने ८२ जना पक्राउ परेका छन् ।

परिसरले आज राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक सवारीमा यात्रुहरुको साथबाट नगद, मोबाइल तथा गरगहना चोरी तथा लुटपाट गर्दै गरेको अवस्थामा ८२ जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । प्रकाउ पर्नेमा ७८ जना पुरुष र ४ जना महिला रहेका छन ।

जेठ १ देखि ३२ गतेसम्म सञ्चालन भएको अभियानका क्रममा सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुलाई लुटपाट तथा चोरी गर्दै गर्दाको अवस्थामा पक्राउ गरेको थियो ।

सार्वजनिक बसहरुमा २–२ जनाको दरले ६ जनाको समूह बनाइ बसभित्र छिर्ने र पैसा भएको यात्रु पहिचान गरी घेराबन्दी गरेर ठेलमठेलको अवस्था सिर्जना गरी पाकेट मार्ने गरेको पाइएको छ । पकेटमारहरुले विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ६ लाखभन्दा बढी नगद बरामद गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको महानगरीय प्रहरी रिसर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

रिङरोड क्षेत्रमा सबैभन्दा बढी पाकेटमार सक्रिय हुने गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : १४ बजे

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु