बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित « Khabarhub

बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् ।

सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा सांघाइमा जस्तो कडाइ नगरिने जनाइएको छ ।

कठोर प्रतिबन्धपछि सांघाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै सबैभन्दा धेरै संख्या हो ।

उपप्रधानमन्त्री तथा महामारी नियन्त्रणसम्बन्धी देशका उच्च अधिकारी सुन चुनलानले महामारीलाई सक्दो चाँडो नियन्त्रण गर्न बेइजिङबासीलाई अनुरोध गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

फेरि सङ्क्रमण बढेसँगै प्रमुख चिनियाँ सहरहरूमा यसअघि लगाइएका प्रतिबन्ध पुनः लगाउने तयारी भएको छ । सोमबार पुनः सञ्चालनको योजनामा रहेका बेइजिङका विद्यालय खुल्न ढिलाई गरिएको थियो भने सम्पूर्ण खेलकुद प्रतियोगित रोकिएका थिए ।

चीनले अंगिकार गर्दै आएको कोभिड शून्य नीतिका कारण देशले आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको विज्ञहरूले बताउँदै आएका छन् ।

पूर्वी बेइजिङको चायोयाङ जिल्लामा सोमबारदेखि तीन दिने सामूहिक कोभिड परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : २९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को