युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ « Khabarhub

युक्रेनमा तत्काल रूसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।

आयोगका अध्यक्ष एरिक मोसेले युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।’

उनले भने, ‘खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाश भएको देखिएको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।’

तर मोशाले मार्चमा किभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको स्पष्ट पारे ।
उनले भने, ‘आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्नसक्ने आधारहरू बन्न सक्छन् ।’

बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो ।

आयोगका सदस्य पाब्लो डे ग्रिफले भने, ‘उदाहरणका लागि आम विनाशको साक्षी दिनु वा जानाजानी हत्याको विवरण प्राप्त गर्नु एउटा कुरा हो, तर यी तथ्यहरूको कानुनी आधारसहित निर्णयमा आउनु अर्कै कुरा हो ।’

युक्रेनमा फेब्रुअरी र मार्चमा भएका घटनाहरूको जाँच गर्ने जिम्मेवारी पाएको आयोग आगामी महिना आफ्नो कामलाई निरन्तरता दिन फर्कने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा संभावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो । यसमा अपराध मामिला हेर्ने अन्तर्राष्ट्रिय अदालत (आईसीसी) ले गरेको एउटा जाँच पनि समावेश छ जसका अभियोजनकर्ता करीम खान हालै खारकिभ पुगेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : २२ बजे

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५