मनाङमा विद्युतीय राहदानी वितरण सुरु « Khabarhub

मनाङमा विद्युतीय राहदानी वितरण सुरु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – मनाङमा पनि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र अन्य प्राविधिक व्यवस्थापन नहुँदा करिब आठ महिना राहदानी सेवा प्रभावित भएको थियो ।

सरकारले एमआरपी राहदानी वितरण रोकेसँगै मनाङमा बन्द भएको राहदानी सेवा लामो समयपछि पुनः सुचारु भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । उनका अनुसार मनाङले विद्युतीय राहदानी वितरणका लागि आवश्यक संरचना र प्राविधिक व्यवस्थापन गरी सेवा सुरु गरेको हो ।

सरकारले देशभरका ७७ वटै जिल्लाबाट विद्युतीय राहदानी सेवा सुरु गर्ने भने पनि हिमाली जिल्लामा त्यसको व्यवस्थापन गर्न ढिलाइ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मनाङमा सेवाग्राहीको चाप कम भए पनि राहदानी सेवाका लागि भने सेवाग्राही दैनिकजसो आउने गरेका छन् ।

गत १ मंसिरदेखि ई-पासपोर्ट लागु भएसँगै विभागले एमआरपी वितरण बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : १५ बजे

चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति

बेइजिङ– चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको

‘विमान यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने माध्यम मात्र होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप हो’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ