मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने | Khabarhub Khabarhub

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए ।

पौडेलका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ । अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।

“देशभरी मनसुनको प्रभाव छैन”, पौडेलले भने । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष सो समयभन्दा एक साता अघि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ । नेपालमा सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षभरीको ८० प्रतिशत पानी पर्छ ।

राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ८ : ५५ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा