बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र « Khabarhub

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो।

बालविवाह अन्त्यका लागि रणनीति निर्माण, प्रदेश सरकारले स्थानीय सरकारहरूलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न प्रोत्साहन गरियोस् भन्नेलगायतका माग पत्रमा छ।

प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्याङ्कको निरन्तर अद्यावधि गर्ने प्रणालीको विकास गर्न, बालविवाह अन्त्यसम्बन्धी नीति कानुनको कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न, प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न ध्यानाकर्षण गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ०२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना