टेम्पो खोलामा बग्यो, एक किशोरीको मृत्यु  « Khabarhub

टेम्पो खोलामा बग्यो, एक किशोरीको मृत्यु 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् ।

टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चतरा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त टोली उद्धारमा खटिएको थियो ।

उद्धार टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला पारेको हो ।

साथै घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँपालिका–६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएकी छन् ।

टेम्पो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज