धनगढीमा सवारी जाम घट्दै | Khabarhub Khabarhub

धनगढीमा सवारी जाम घट्दै


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही महिना अघिसम्म कार्यालय समय सुरु हुने समय र बिदा हुने समयमा धनगढी स्थित मुख्य सडकको एलएनचोकदेखि अस्पताल लाइनसम्म दैनिक सवारी जाम हुने गर्दथ्यो । पछिल्लो ५ महिनामा भने त्यसतो समस्या केही कम भएको छ । मुख्य बजार क्षेत्रमा सवारी जाममा पर्ने अवस्था आएको भन्दै नागरिकको गुनासो हुने गरेको भए पनि अहिले सो समस्या केही कम भएको हो । मुख्य बजार क्षेत्रमा मनोमानी पार्किङ गर्ने सवारी धनीलाई कारवाही गर्ने र विद्युतिय रिक्सामा निर्माणका सामाग्री बोक्न रोक लगाएपछि अहिले सो समस्या कम भएको प्रहरीको भनाइ छ ।

‘बजारमा जथाभावि सवारी पार्किङ गरेर सडक साँघुरो बनाउने, अनि सडकमै ठेला व्यवसाय सञ्चालन गरेर नागरिकको भीड लगाउने क्रम बढेका कारण सवारी जामको अवस्था आएको थियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज वकिल सिंहले भने, ‘तर अहिले हामीले सडकमा जथाभावि सवारी पार्किङ गरे ह्वील लक गर्ने, जरिवाना तिराउने जस्ता काम गरेर जथाभावि पार्किङ गर्न रोक लगाएका छौं, यसका साथै सडकमा ठेला व्यवसाय सञ्चालन गर्न नदिंदा सवारी जाम केही घटेको छ ।’ विद्युतिय रिक्सामा निर्माण सामाग्री बोकेर सडकको क्षेत्र धेरै आगट्ने गरेका कारण पनि सवारी जाम हुने गरेको भन्दै उनले मुख्य सडकका विद्युतिय रिक्सालाई अहिले निर्माण सामाग्री बोक्न नपाउने व्यवस्था गरिएको उनले बताए ।

सवारी जाम हुनुमा कर्मचारीले राम्ररी ड्युटी पुरा नगर्नु पनि कारण देखिएको उनि बताउँछन् । ‘ड्युटिमा खटिएका कर्मचारी सितलमा गएर बस्ने, कसैसँग गफमा भुलिने गरेको पाइयो,’ ट्राफिक इन्चार्ज सिंहले भने, ‘अहिले ट्राफिकको ड्युटिमा पनि कडाई गरिएको छ, कतै समस्या परेमा क्यूआरटी टोलीले तत्कालै त्यहा पुगेर समस्या समाधान गर्ने गरेको छ, जस्का कारण अहिले सडक जाम हुने अवस्था आएको छैन, तर दिन प्रतिदिन बढ्दै गएको सवारी चापलाई यहाँको सडकले धान्ने अवस्था भने छैन ।’

उनले ६ लेन सडक खण्डमा विद्युतिय रिकसा चल्न बन्द गरिनुपर्ने बताए । विद्युतिय रिक्साका कारण ६ लेन सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै उनले सो क्षेत्रमा रिक्सा सञ्चालन गर्न नपाइने गरी तत्काल कार्यविधि बनाइनु आवश्यक रहेको बताए ।

बढ्दो सवारी चापलाई व्यवस्थित गर्न नसक्दा सवारी जाम संगै दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढीको मुख्य बजार क्षेत्रमा चल्ने अटो रिक्सामा जोर बिजोर प्रणाली समेत लागु गरेको थियो । यसैगरी ६ लेन सडक खण्डको चटकपुर क्षेत्रमा पार्किङ गरिंदै आएका ट्याङ्करलाई नेष्नल ट्रडिङ हाउस धनगढीको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

सवारी जामको समस्यालाई मध्यनजर गर्दै ६ लेन सडक खण्डको चौराह क्षेत्रमा राखिएका डिभाईडर समेत प्रहरीले हटाइउन लगाएको छ । डिभाइडरको भित्र पट्टी ठेला व्यसाय सञ्चालन गरिदा सडक अबरुद्ध हुने स्थिती बन्यो,’ सिंहले भने, ‘डिभाईडर बाहिर सवारी साधन पार्किङ गरिदा पुरै सडक जाम हुने देखिएपछि डिभाइडर हटाइएको हो, अव सडकमा ठेला व्यवसाय गर्न पाइने छैन, चौराह क्षेत्रमा यात्रु चढाउने र ओराल्न (पिक एण्ड ड्रप) पार्किङका लागि सार्वजनिक सवारी ५ मिनेट बढी रोक्न नपाइने व्यवस्था गरिएको छ ।’

उनले धनगढीमा जथाभावि सवारी पार्किङ गरेको पाइएमा सवाहरीको ह्वील लक गर्ने गरिएको बताए । ट्राफिक इन्चार्ज सिंहले ६ लने सडकमा लेन अनुसार सवारी चलाउन पनि अनुरोध गरेका छन् । अहिले सवारी धनिले आफ्नो साईड भन्दा विपरित दिशाबाट पनि सवारी सञ्चालन गर्ने गरेको भन्दै उनले त्यसो गरेको पाइएमा अव कारवाही गरिने बताए ।

सिंह ट्राफिक प्रहरी प्रमुख भएर धनगढी आएसंगै उनले सवारी व्यवस्थापनलाई कडाई गर्दै आएका छन् ।

ट्राफिक कार्यलय आउनु अघि सिंहले धनगढीको वडा प्रहरी इन्चार्जका रुपमा काम गरेका थिए । वडामा काम गर्दा उनले ट्राफिकमा भएका समस्या राम्ररी बुझ्ने मोका समेत पाएका थिए । जसका कारण ट्राफिक व्यवस्थापनमा सहज भएको उनी बताउँछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ३९ बजे

ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा

काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७