भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने  | Khabarhub Khabarhub

भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

चितवनमा लक्षित समूहका बालबालिका करिब ७० हजार ३८२ जना रहेको कार्यालयको अनुमान छ । बालबालिकाका लागि जिल्लामा भने ७६ हजार ८०० डोज खोप प्राप्त भएको केसीले बताए । विद्यालयमा पढ्ने र विद्यालय बाहिरका बालबालिका सबैलाई विद्यालय खोप केन्द्रमा नै खोप लगाइने उनले जानकारी दिए ।

५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने उनी बताउँछन् । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ ।

खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने उनले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।

‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनी भन्छन्, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’

बालबालिकालाई दिन लागिएको यो खोप पूर्ण सुरक्षित रहेको उनले बताए । यसको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । खोप लगाउँदा एलर्जी हुने, कोभिड संक्रमण भएका र गम्भीर रोगको औषधि खाइरहेका बालबालिकाले चिकित्सकको परामर्श लिएर खोप लगाउनुपर्ने उनले बताए ।

खोप अभियानका लागि जिल्लाका ५४० विद्यालयलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ । खोप लगाउन ९४४ स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयकी सूचना अधिकारी गीताञ्जली ढकालले बताइन् । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनालाई खोपको पहिलो मात्रा, चार लाख ७० हजार ५७ जनालाई खोपको दोस्रो मात्रा र ९३ हजार ४७० जनालाई खोपको बुस्टर मात्रा लगाइसकिएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ५२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने