विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम, ललितपुर र झापामा चार जना मृत अवस्थामा फेला परेका छन् । 

इलामको माङसेबुङ गाउँपालिका–४ धनलुवा गाउँ बस्ने २४ वर्षीय अविशेष राई सोही ठाउँस्थित धनलुवाखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । फुपुको घरबाट आफ्नो घर फर्कने क्रममा मंगलबार राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो । 

ललितपुरको ललितपुर महानगरपालिका–२७ चापागाउँ ओखाटस्थित घरको ट्वाइलेटमा हाल पहिचान नखुलेका करिब ५२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित बनियानी खोलामा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुषको सडिगलेको अवस्थामा बुधबार शव फेला परेको छ । यसैगरी झापाको हल्दीबारी गाउँपालिका–१ स्थित खेतमा सालनाल सहितको नवजात शिशु (छोरा) को शव बुधबार फेला परेको छ । 

घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ०९ बजे

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर – अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक

बैतडीमा यात्रुवाहक बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

बैतडी – बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत साईलक क्षेत्रमा यात्रुवाहक बस

६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन

काठमाडाैं – यस वर्षको मनसुन प्रणाली नेपालमा औसत समयभन्दा ६