तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण | Khabarhub Khabarhub

तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा पूर्जा वितरण गरेका थिए ।

पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न तथा अंशवण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो ।

एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा गर्न छुटेको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगचलनका आधारमा पूर्जा वितरण गरेको हो । कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लकअन्तर्गतका पूर्जा वितरण गरेको थियो । जिल्लामा २०७१ सालदेखि गाउँ ब्लक नाप्न थालिएको हो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : २३ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही