लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण « Khabarhub

लाङटाङका चौरी पालक कृषकलाई २५ किलो नुन र त्रिपाल वितरण


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताए । दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उनको भनाई छ । ‘चौरीलाई दिनका लागि नुन पनि नभई नहुने कुरा हो’, उनले भने, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’

उनका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ६ : ०७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को