मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा « Khabarhub

मैत्रीपूर्ण खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्यानडा र ओन्टारियो क्रिकेट टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्ने नेपाली क्रिकेट खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।

क्यानडा भ्रमणअन्तर्गत ओन्टारियोस्थित किङ्ग सिटीमा असार १७ देखि सुरु हुने एकदिवसीय सिरिजका लागि नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरिएको हो ।

नेपाल क्रिकेट संघ क्यानले आज १४ सिरिजका लागि खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । जसमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, विकेटकिपर आशिफ शेख र विनोद भण्डारी रहेका छन् ।

त्यसैगरी कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करन केसी, सोमपाल कामी, देव खनाल, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो तथा पवन सराफको नाम समावेश गरिएको छ ।

आइतबार सार्वजनिक संशोधित खेल तालिकाअनुसार नेपाल र ओन्टारियोबीच असार १७ गते अभ्यास खेल हुनेछ । असार २० गते नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछ । सोही समयमा दुई देशबीचको दोस्रो एकदिवसीय खेल भने असार २० गते हुनेछ ।

यसपश्चात् स्कटल्याण्डमा हुने विश्वकप लिग २ मा नेपालले नामिबिया र घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा भाग लिन अमेरिका पुगेको नेपाली टोली उतैबाट मैत्रीपूर्ण खेलको लागि क्यानडा भ्रमणमा गएको हो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ५३ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि