टाटासँग मिलेर भारतले ई-पासपोर्ट जारी गर्ने « Khabarhub

टाटासँग मिलेर भारतले ई-पासपोर्ट जारी गर्ने


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय यात्रालाई सजिलो बनाउँन सरकारले यसै वर्षको अन्त्यसम्ममा ई–पासपोर्ट जारी गर्न लागेको भारतीय अनलाइन समाचार पोर्टल बिजनेश स्ट्यान्डर्डले जनाएको हो ।

.भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले चाँडै विद्युतीय पासपोर्ट जारी गर्ने जानकारी दिएका हुन् । विदेशमन्त्री जयशंकरले नागरिक अनुभव र सार्वजनिक वितरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका थिए ।

सरकारले कोभिड संक्रमणको समयमा पनि पासपोर्ट सेवा उत्तिकै जोस र जागरका साथ उपलब्ध गराएको उनले बताए । नागरिकका लागि राहदानी नियम र प्रक्रियालाई सरल बनाउन सरकार सफल भएको उनले दाबी गरे ।

भारतीय कम्पनी टाटा कन्सल्टेन्सी सर्भिज टीसीएसले विद्युतीय चिपमा आधारित पासपोर्ट उत्पादन गर्ने बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

यसका लागि भारत सरकारले उक्त कम्पनीसँग ६० अर्ब भरतीय रुपैयाँ बराबरको सम्झौता गरिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  २ : ०९ बजे

कोशी सर्वदलीय बैठक : ओमप्रकाशका परिवारलाई २ लाख, आगजनी पीडित र घाइतेलाई ५० हजार राहत

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेका

चिकित्सा शिक्षा आयोगका लागि छ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन