तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप « Khabarhub

तिब्बतलाई चीनले फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको अधिकारवादीको आरोप


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिब्बती अधिकारवादीहरुले चीनले तिब्बतलाई फोहोर फाल्ने ठाउँमा परिणत गरेको आरोप लगाएका छन् । चीनका अन्य स्थानमा उत्पादन भएका फोहोरलाई तिब्बतमा फालेर चीनले तिब्बतको पर्यावरणलाई बिगारेको तिब्बती अधिकारवादीहरुको आरोप छ ।

पछिल्लो समय मौसम परिवर्तनका कारण तिब्बतको पर्यावरणमा नकारात्मक असर परिरहेका बेला तिब्बती अधिकारवादीहरुले चीन सरकारले तिब्बतलाई फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनाएको आरोप लगाएका हुन् ।

तिब्बती पर्यावरणमा क्षति पुगेको तथ्य स्वीकार गर्नुको सट्टा चीन सरकारले जारी गरेको दस्तावेजमा अझ अघि बढ्नका लागि तिब्बतमा पर्यावरणमैत्री र दिगो रुपमा प्रोत्साहित कदम चाल्ने उल्लेख रहेको तिब्बत राइट्स कलेक्टिभ नामक तिब्बती अधिकारवादी संस्थालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

चीन सरकारले हालैमात्र ‘सन् १९५१ यताको तिब्बत : स्वतन्त्रता, विकास र समृद्धि’ नामक श्वेतपत्र जारी गरेको थियो ।

चीन सरकारद्वारा जारी यस दस्तावेजमा बाँध निर्माण, अन्य पूर्वाधार निर्माणका परियोजना समावेश भएपनि पर्यावरणबारे केबल एक अनुच्छेद मात्रै उल्लेख गरिएको अधिकारवादीको आरोप छ ।

तिब्बती पर्यावरणमा नकारात्मक असर पर्दै जाँदा त्यहँका हिमनदी पग्लिने, नदी सुक्ने, घाँसेमैदानको क्षति, बाढीजस्ता प्रकोप देखा परेको अधिकारवादीले जनाएका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि