सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ | Khabarhub Khabarhub

सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स.३ प.७७९६ नम्वरको मोटरसाईकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

आजै सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

उदयपुरको सीमाक्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्‍याउने गरेको बताइन्छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ४५ बजे

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकारमाथि छानबिन सुरु

वाशिङ्टन – राष्ट्रपति ट्रम्पविरुद्ध दुई वटा अभियोग लगाउने कुराको नेतृत्व

जयसवालको शतक र दीपको ब्याटिङले इंग्ल्यान्डविरुद्ध भारत बलियो

काठमाडौं – भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन १८ गते आइतबार। साउन