मुगु कारागारको नयाँ भवन प्रयोगविहीन | Khabarhub Khabarhub

मुगु कारागारको नयाँ भवन प्रयोगविहीन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ ।

भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो ।

कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गर्ने गरिएको कारागार कार्यालय मुगुले जनाएको छ ।

आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।

भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा थुनुवालाई अन्यत्र जिल्ला सार्नुपर्ने अवस्था आएको कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीबन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।

कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ ।

आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका एक सय १८ कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ११ बजे

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ ।

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४

गण्डकी प्रदेशसभा बैठक आज बस्दै

कास्की– गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

काठमाडौं– मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले मधेश प्रदेश प्रमुख