नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस « Khabarhub

नेपालका लागि अमेरिकी राजदूत बेरीको जिम्मेवारी फेरियो, नामिबियाका लागि सिफारिस


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन्। गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए।

अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ।

थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि अमेरिकी दूतावासको उपप्रमुख, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल तथा श्रीलंकास्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुख, रोमानियास्थित अमेरिकी दूतावास लगायतमा काम गरेको अनुभव छ ।

हाल नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहाक राजदूत रहेका नियोग उपप्रमुख म्यानुअल पी माइकलर पनि अमेरिकी राजदूतमा सिफारिस भएका छन्। उनलाई ताजिकिस्तानको लागि राजदूत सिफारिस गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको वेबसाइटमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : २६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने