२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा  « Khabarhub

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा 


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनाहा नाका हुँदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ जीबी ४५४२  भारतीय नम्बर प्लेटको बन्दबडी मालबाहक कन्टेनरबाट शुक्रबार बिहान २५० बोरी अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जीवनलाल बूढा र नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको सो कन्टेनरमा २५ किलोको २५० बोरा अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएको हो । सीमा प्रहरी कार्यालय जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेलापरेको बताए । 

‘सूचनाको आधारमा भारततर्फ जाने गाडिमाथि कडा निगरानी राखेको अवस्थामा आरजे ०९ जिबि ४५४२ नं.को बन्दबडीको ट्रक आएको चेकजाँचको क्रममा ड्राइभर गाडीको चाबी छाडेर भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सो माल बरामद भएको हो’, उनले भने ।  पोष्टर दाना अफिमको बिउ रहेको र यो लागू औषधको रुपमा नभए पनि बजार मूल्य २५ केजीको प्रति बोराको करिब ५० हजार पर्ने बताइएको छ ।  

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको