औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित « Khabarhub

औषधि (तेस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट पारित


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाबाट ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो ।

औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै सांसद डा वेदुराम भुसाल र संयुक्त संशोधनकर्तामध्येबाट प्रकाश पन्थले नेपालमा खोप तथा औषधिको आपतकालीन प्रयोग गर्न दिने विषय विधेयकमा रहेकाले ‘क्लिनिकल ट्रायल’ क्रममा कुनै व्यक्तिको शारीरिक तथा मानसिकरूपमा नकारात्मक असर गरेमा, अंगभंग भएमा वा मृत्यु भएमा क्षतिपूर्ति दिने विषय समेटिनुपर्ने बताए । 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा भाग लिँदै संंयुक्त संशोधनकर्तामध्येबाट सांसद पन्थले एम्बुलेन्स र शववहानको सुरक्षासम्बन्धी विषयलाई पनि विधेयकमा समेट्नुपर्ने बताए । सांसद डा भुसालले स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नभई सम्बन्धित जिल्ला अदालतलाई दिइनुपर्ने बताए । 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  २ : ०१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने