पोखरा क्रिकेट मैदान बनाउन २ करोड छुट्याइँनु स्वागतयोग्य « Khabarhub

पोखरा क्रिकेट मैदान बनाउन २ करोड छुट्याइँनु स्वागतयोग्य


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा क्रिकेट रंगशालाको स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् ।

गण्डकी प्रदेश सरकार र मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बधाई दिँदै वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामि आर्थिक वर्ष २०७६–७७ का लागि गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाभित्रको क्रिकेट रंगशालाको स्तर उन्ततिका लागि रु २ करोड विनियोजन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद ।’

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पोखरा क्रिकेट मैदानका लागि २ करोड विनियोजन गरेको हो । पोखरा क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग हुँदै आएको छ ।

२०७५ मा पीपीएलको पहिलो संस्करण त्यही मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : २० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा