पोखरा क्रिकेट मैदान बनाउन २ करोड छुट्याइँनु स्वागतयोग्य « Khabarhub

पोखरा क्रिकेट मैदान बनाउन २ करोड छुट्याइँनु स्वागतयोग्य


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा क्रिकेट रंगशालाको स्तर उन्नतिका लागि गण्डकी प्रदेश सरकारले २ करोड बजेट छुट्याइएकोमा खेलप्रेमीहरुले स्वागत गरेका छन् ।

गण्डकी प्रदेश सरकार र मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई बधाई दिँदै वीन्स इभेन्ट मेनेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आगामि आर्थिक वर्ष २०७६–७७ का लागि गण्डकी प्रदेश सरकारले पोखरा रंगशालाभित्रको क्रिकेट रंगशालाको स्तर उन्ततिका लागि रु २ करोड विनियोजन गरेकोमा प्रदेश सरकारलाई धन्यवाद ।’

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा पोखरा क्रिकेट मैदानका लागि २ करोड विनियोजन गरेको हो । पोखरा क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग हुँदै आएको छ ।

२०७५ मा पीपीएलको पहिलो संस्करण त्यही मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगितामा नेपालका विभिन्न शहरका ६ वटा टिमले सहभागीता जनाएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : २० बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर