माले पोलिट ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश « Khabarhub

माले पोलिट ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका  श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधान हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अवलम्बन गरेको बाटोबाट मुलुकको स्वाधीनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : १४ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले