वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित | Khabarhub Khabarhub

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । गएको असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोजक वामदेव गौतमलाई पार्टीबाट निष्कासन गरेका हुन्।

निर्वाचन आयोगमा दर्ता नभएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको छ ।

शनिबार काठमाडौंको सतुंगलस्थित बसेको चार शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गर्दै सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन पनि गरेको छ ।

सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।

उनीहरूको निर्णयमा भनिएको छ, ‘नेकपा एकता राष्ट्रिय अभियानका केन्द्रीय संयोजक कमरेड वामदेव गौतममाथि अभियानमा आवद्ध प्रमुख चार पार्टी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीले निम्न संयुक्त पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासन गरी अभियान सचिवालय सदस्य युवराजलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरियो ।’

No photo description available.

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ४९ बजे

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला