सामाजिक सञ्जालमा माग्ने बूढा: राजनीतिक व्यङ्ग्यदेखि ‘हल्का रमाइलो’ सम्म « Khabarhub

सामाजिक सञ्जालमा माग्ने बूढा: राजनीतिक व्यङ्ग्यदेखि ‘हल्का रमाइलो’ सम्म


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार केदार घिमिरेलाई धेरैले माग्ने बूढाकै रुपमा चिन्छन् । उनको वास्तविक नाम धेरैलाई थाहा नहुन सक्छ । सामाजिक सञ्जालमा भने उनी केदार प्रसाद घिमिरेका नाममा सक्रिय छन् ।

हास्यटेलिश्रृंखला मेरी बास्सैले चिनाएको चरित्र अहिले पनि उत्तिकै लोकप्रिय छ । तर, केदारले यो श्रङ्खलामा अभिनय गर्न छोडेको धेरै भइसकेको छ ।

लामो समय डिप्रेसनमा समेत परेका माग्ने बूढा अहिले भने सामान्य अवस्थामै फर्केका छन् । अहिले माग्ने बूढाले सामाजिक सञ्जालमा नियमित पोस्ट गरिरहेका हुन्छन् ।

सामाजिक सञ्जालमा माग्ने बूढाले प्रायः राजनीतिप्रति कटाक्ष हानिरहेका हुन्छन् भने कहिलेकाहीँ उनले फिल्म क्षेत्रका बेथितिमाथि स्टाटस लेखिरहेका हुन्छन् ।

https://www.facebook.com/photo.php?fbid=2562137113801404&set=a.581706991844436&type=3&theater

उनले फेसबूकमा रमाइलो खालका पोस्ट पनि गरिरहेका हुन्छन् ।

साथै उनले एक पोस्टमा धुर्मुस र सुन्तलीले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिेकट रंगशालालाई पनि साथ दिएको लेखेका छन् ।

माग्ने बूढा पछिल्लो समय कमेडीमा जमेका त छन् तर उनी पछिल्लो समय फिल्म र युट्युबमा व्यस्त देखिन्छन् । पछिल्लो समय उनी फिल्म ‘रामकहानी’ मा देखिएका थिए । उनी प्रायः दीपकराज गिरीको टिममै रहेर संयुक्त फिल्म गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १ : १४ बजे

गल्ती स्वीकार गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, राजीनामा नदिने

काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष ज्यानी इन्फान्टिनोले

वित्तीय संकटमा परेकालाई कसरी राहत दिने? अर्थमन्त्री वाग्लेले मागे राष्ट्र बैंकसँग सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय संकट व्यहोरिरहेका नागरिक

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६