रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता « Khabarhub

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

१९ औँ एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाइते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो ।

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने भएकी छिन् । यस्तै, घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपसमेत रेणुकाले गुमाउने छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  १ : ४९ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को