एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई « Khabarhub

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा उक्त टिमले जित हात पारेको हो ।

स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ टिम सहभागी थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), वरिष्ठ पत्रकार ऋषि धमलाको टिम, सिलापत्र, गोरखापत्र, हाम्रो जन्मभूमि, नियात्रा टिभी, रेडियो पर्यावरण, फोटो पत्रकार सङ्घ धादिङ, हाम्रो फुटसल टिम, गुरुङ पत्रकार सङघलगायत टिमको सहभागिता थियो ।

त्यसैगरी दोस्रो चरणमा जितेर आएको छ टिम खेलेका थिए । सेमिफाइनलमा धादिङ फोटो पत्रकार समूह र एटजोन गुरुङ पत्रकार टिमबीच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वाइ पाएर सिधै फाइनलमा पुगेको थियो ।

धादिङ टिमलाई दुईका विरुद्ध चार गोल अन्तरले हराउँदै हाम्रो फुटसल पत्रकार टिमले उपाधि हात पारेको थियो । प्रतियोगिताको म्यान अफ दी म्याच वासु अवालले पाएका थिए । उत्कृष्ट गोलकिपर धादिङ फोटो पत्रकार सङ्घका श्रीकृष्ण भण्डारीले पाउन सफल भए ।

साथै विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले वितरण गर्दै संस्थाको २५ औँ स्थापना दिवसका अवसरमा पत्रकार तथा फोटो पत्रकारबीच भाइचाराको सम्बन्ध विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए।

उक्त कार्यक्रममा विजबजार डटकम र स्वस्तीश्री गुरुकुल स्कुलको सहयोग थियो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ०१ बजे

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर