फोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने | Khabarhub Khabarhub

फोनिजले तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले तीनमहिने सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । फोनिजको काठमाडौँमा सम्पन्न सङ्घीय समितिको तेस्रो पूर्ण बैठकले साउन १ गतेदेखि असोज २७ गतेसम्म अभियान चलाउने निर्णय गरेको हो । अभियान अवधिमा फोनिजको जिल्ला र विदेश शाखा, प्रादेशिक समितिहरूको बैठक सञ्चालन, वार्षिक क्यालेण्डर निर्माण, प्रशिक्षणलगायत कार्य गरिने महासचिव मिलन लिम्बूबाट प्रस्तुत कार्ययोजनामा उल्लेख छ ।

त्यस्तै, तीनमहिने अभियानकै बीच फोनिजले आफ्ना सदस्यहरूको अभिलेखलाई डिजिटलाइज गर्ने जनाएको छ । अब सदस्यताका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिने र अनलाइनबाटै सदस्यता स्वीकृतिलगायत प्रक्रिया सम्पन्न हुने महासचिव लिम्बूले बताए ।

नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई नै कायम गराउन फोनिजले अभियानकै क्रममा नेपाल पत्रकार महासङ्घको जिल्ला, प्रदेश र केन्द्रमा ज्ञापनपत्र बुझाउने, सङ्घको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रदेश सरकारको सञ्चार हेर्ने मन्त्रालयबाट समेत सरकारलाई ज्ञापनपत्र बुझाउने जनाएको छ ।

त्यसैगरी अभियानकै क्रममा फोनिजले नेपाल आदिवासी जनजाति महासङ्घलगायत विभिन्न आदिवासी जनजातिजन्य सङ्घसंस्थासँग अन्तरसम्बन्ध सुधारका लागि विभिन्न चरणमा अन्तक्र्रिया र छलफल गर्ने निर्णय गरेको छ । बैठकले असोज २८ र २९ गते फोनिजको नीति तथा विधान सम्मेलन गर्नेसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ८ : ३५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ ।

चौथो टेस्टमा बुमराह खेल्ने : कम्बोजको डेब्यु सम्भावना

काठमाडौं – भारतले बुधबार सुरु हुने इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा जसप्रित

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन

एमालेको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनु हुँदैन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय