दौडका क्रममा लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु « Khabarhub

दौडका क्रममा लडेर प्रशिक्षार्थी प्रहरीको मृत्यु


२६ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार निज बोहरा यही असार २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएका र उपचारका क्रममा उनको मृत्यु भएको हो ।

घाइते बोहराको लामो समयसम्म होस नआएपछि हेलिकोप्टरमार्फत उपचारका लागि कोहलपुर सिफारिस गरिएकामा उपचारकै क्रममा कोहलपुरस्थित शिक्षण असपतालमा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए । उनको मृत्युको अन्य कारण नखुलेको र शव परीक्षणपछि थाहा हुने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १० : २६ बजे

केरूङमा आफैं खटिँदै चिनियाँ प्रधानमन्त्री ली, बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार अभियानलाई तीव्र बनाउँदै

काठमाडौं- नेपाल–चीन सीमावर्ती केरुङ क्षेत्रमा विनाशकारी बाढी-पहिरो गएको भोलिपल्टै चिनियाँ

रत्नचुडेश्वर महादेव पोखरीमा दिनभर दर्शनार्थीको भीड

भक्तपुर– नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित

 इरानविरुद्ध कारबाही जारी रहेको ट्रम्पको भनाइ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य कारबाही समाप्त

भोटेकोशी बाढीः अप्पर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत ११ कर्मचारी सम्पर्कमा

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन भएका अप्पर त्रिशूली–३

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी– बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा