वर्षातमा डेङ्गुको समस्या | Khabarhub Khabarhub

वर्षातमा डेङ्गुको समस्या


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा- लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

डेङ्गुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको विषय बनेको डा पोखरेलको भनाइ छ । “अघिल्ला वर्ष पनि देखिएको थियो, अहिले पनि एउटै समयमा देखिया”, पोखरेलले भने, “खाल्डाखुल्डीमा पानी जम्ने, ग्यारेजहरुमा सफाइ नहुने समयमा सङ्क्रमण बढी देखिएको छ ।” असार साउन महिनामा पानी धेरै जम्ने समस्या हुँदा डेङ्गु भेटिएको उनले बताए  ।

त्यसो त अघिल्ला वर्ष पनि डेङ्गुका बिरामी भेटिने गर्थे । यो वर्ष पनि डेङ्गुका बिरामी देखिन थालेपछि स्वास्थ्य कार्यालय बागलुङ र अस्पतालले नियन्त्रण प्रयास थालेका छन् । बागलुङ नगरपालिका–७ र ९ का एक महिला र एक पुरुष बिरामी अस्पतालमा आएपछि डेङ्गुबारे धेरैको चासो बढेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । हाल अस्पतालमा भर्ना भएका बिरामीको भने अवस्था सामान्य रहेको उनले बताए ।

डेङ्गु भएकालाई उच्च ज्वरो, हातखुट्टा चिलाउने शरीर सुन्निने, दुख्ने समस्या हुने गरेको अस्पतालका अर्का डा अभिषेक वाग्लेले बताए । बागलुङमा यसअघि पनि डेङ्गुका बिरामी भने भेटिएका थिए । उनीहरुलाई पनि अस्पतालले उपचार गरेर निको बनाई घर पठाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालयमार्पmत सन्देश पठाइएको पोखरेलले जानकारी दिए।

डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले १० पालिकाका सबै स्वास्थ्य चौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचेर डेङ्गु पत्ता लगाउन सकिने भएकाले कम्तीमा प्राथमिक स्वास्थ्य केन्द्र तहमा किट पठाएर परीक्षण गर्न सकिने पोखरेलले बताए। “बर्सातमा लामखुट्टेबाट बच्ने नै उत्तम उपाय हो”, उनले भने, “अनिवार्य झूल टाँगेर सुत्ने, सरसफाइमा ध्यान दिने काम गर्नुपर्छ”, उनले भने, “घर वरिपरि सफा राख्न लगाउने काम भइरहेको छ ।”

जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार वर्षात लागेपछि नै महिला स्वास्थ्य स्वयम् सेविकादेखि स्वास्थ्यकर्मी समेतलाई डेङ्गुसहित बर्सातमा हुन सक्ने रोगव्याधीबारे जानकारी गराइएको छ । एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन भनिएको उनले बताए। गाडीका ग्यारेजमा हुने टायरमा जमेको पानीदेखि खाल्डाखुल्डीमा रहेको पानीमा पनि डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

“धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने अवस्थामा बिरामी आए डेङ्गुको लक्षण मानेर परीक्षण थालिन्छ”, डा पोखरेलले भने, “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुन सक्छ ।” अस्पतालका कोरोना फोकलपर्सन डा वाग्लेकै नेतृत्वमा डेङ्गु उपचारसमेत थालिएको हो ।

बागलुङ नगर क्षेत्रमा अझै बढी जोखिम हुने भन्दै नगर स्वास्थ्य शाखा, अन्य स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सचेत रहन भनिएको शाखा प्रमुख रामप्रसाद खनालले बताए। एक पटक सङ्क्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ”, उनले भने  । बसपार्क र ग्यारेज क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टायरहरु हटाउने र पानी नजम्ने गरी व्यवस्थापनका लागि आग्रह गरेको उनले बताए।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ५२ बजे

मनहरी दुर्घटनामा थप एकको मृत्यु

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ डिपार्टस्थित सडकमा आज

‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे

कैलाली – ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न

काठमाडौं – राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय

जनकपुरमा एक लाख २५ हजार दीप प्रज्जवलन

धनुषा – विश्व हिन्दू परिषद् नेपालले अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवका

नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी