बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिबन्ध « Khabarhub

बाराका उपभोक्तालाई रौतहटको वन प्रवेशमा प्रतिबन्ध


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहट जिल्लाको रौतहट र बाराको सिमानामा रहेको सबडिभिजन वन कार्यालय धन्सारका वन कर्मचारीले बारा निजगढ नगरपालिका स्थित सिगौंलका बासिन्दाहरुलाई रौतहटको वन क्षेत्रमा घाँस, दाउरा गर्न र चरिचरणमा रोक लगाएका छन् ।

वन कर्मचारीहरुले वन प्रवेश गर्ने तथा सडकमा बसेर घाँस, दाउरा गर्न र चरिचरणमा जाने सर्वसाधारणलाई रोक लगाएका हुन् । डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत (डिएफओ) सुनिलकुमार कर्णको निर्देशनमा कर्मचारीहरुले बाराका सर्वसाधारणलाई थुन्ने धम्की दिएको स्थानीयले बताएका छन् ।

रौतहटको सीमा क्षेत्रमा पर्ने निजगढ नगरपालिकाको सिगौंलका उपभोक्ताले वर्षैअघिदेखि धन्सार पारी रौतहटको वन क्षेत्रबाट घाँस, दाउरा गर्दै आएका छन् । डिएफओ फेरिएपछि स्थानीय उपभोक्ताहरुलाई अनावश्यक रुपमा दुख दिने गरेको स्थानीय लालबहादुर तामाङ्गले बताए । उनका अनुसार सर्वसाधारणलाई घाँस दाउरा गर्न रोक लगाउने तर तस्कहरुसंको मिलिमतोमा कर्मचारीहरुले नै वन फडानी गर्ने गरेको पनि स्थानीयको आरोप छ ।

सो क्षेत्रको अरुणबस्ती आसपासको वन क्षेत्रमा वन कर्मचारी र काठ तस्करहरुको  मिलिमतोमा वन फडानी गरेर घर टहरा निर्माण गर्ने र सालको गोलिया तस्करी भइरहँदा पनि नियन्त्रण गर्नेतर्फ डिएफओ कर्णले कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

डिएफओ कर्ण केही दिनअघि मात्रै जिल्ला वन कार्यालय रौतहटमा सरुवा भई आएका हुन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ३२ बजे

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी

धुन्चेका वडाध्यक्ष भन्छन, ‘बाढी आइरहेको छ तर वेग बुधबारको जस्तो बलियो छैन’

काठमाडौं– शुक्रबार भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेंसीभन्दा तल आइपुगेको

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका