'सरकारले गरेका कामकाे बहिखाता लिएर जनतामाझ जानुपर्छ' | Khabarhub Khabarhub

‘सरकारले गरेका कामकाे बहिखाता लिएर जनतामाझ जानुपर्छ’


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आगामी निर्वाचनमा सरकारले गरेका एक/एक हिसाब लिएर जनतामाझ जाने बताएका छन् । 

शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सरकारले गरेका गलत कामहरूको बहिखाता नै तयार भएको भन्दै आगामी निर्वाचनमा जनतालाई हिसाबकिताब बुझाउने तर्क गरे । उनले सरकारले गलत गरेका धेरै कामहरू रहेको र कुन काम जनतामा राख्ने भन्ने नै चिन्ता लाग्न थालेको बताए । नेम्वाङले अव समयमा नै निर्वाचन हुनुपर्ने र जनताले आफ्नो कुरा भयरहित ढंगले भन्न पाउने वातावरण तयार गर्नुपर्ने उल्लेख गरे । उनले अहिलेको गठबन्धन गलत भएकाले एमालेले गठबन्धन भत्कियोस् भन्ने चाहना राखेको धारणा राखे ।

त्यस्तै एमाले नेता भीम रावलले देशको राजनीति सत्ताको खेलतर्फ केन्द्रित रहेकै कारण अहिलेसम्म उपसभामुख पद खाली रहेको तर्क गरे । केही महिनापछि आम निर्वाचन गर्ने तयारी रहेका बेला अहिले विधि पुर्‍याउनका लागि वा सत्ताको भित्री खेलमा उपसभामुख चयन भएको देखिएको उनको भनाई छ । 

उनले संसदीय अभ्यासमा विकृति पैदा भएको समेत बताए ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०७ बजे

आफ्ना हेलिकोप्टरले नेता नबोकेको वायुसेवा सञ्चालक सङ्घको भनाइ

काठमाडौँ – वायु सेवा सञ्चालक सङ्घ नेपालले पछिल्लो राजनीतिक सङ्कटमा

जेनजीलाई पारसको आग्रह : अब नयाँ नेपालको निर्माणमा लाग्नुपर्छ

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ

पूर्वी युक्रेनमा रुसी हवाई आक्रमण : कम्तीमा २० जनाको मृत्यु

एजेन्सी – युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा मङ्गलबार भएको रुसी हमलामा

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०

भक्तपुरका सार्वजनिक निकायमा ताडफोड र आगजनी

भक्तपुर – भक्तपुरमा आज भएको प्रदर्शनमा भक्तपुरको बालकोटस्थित नेकपा ९एमाले०