सुर्खेत जिल्ला अदालतद्वारा ७२ प्रतिशत मुद्दा फर्छ्योट « Khabarhub

सुर्खेत जिल्ला अदालतद्वारा ७२ प्रतिशत मुद्दा फर्छ्योट


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- सुर्खेत जिल्ला अदालतले चालू आर्थिक वर्ष २०७८/७९ मा एक हजार ७४० अर्थात् ७२.२७ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । अदालतले कोभिड–१९ महामारीकाबीच वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्न सफल भएको जनाएको छ । अदालतले चालू आवमा ७० प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो ।

अदालतले जिम्मेवारी सरी आएका ७१३ थान र नयाँ दर्तातर्फ एक हजार २७ गरी जम्मा एक हजार ७४० थान मुद्दा फर्छ्योट गरेको हो । अदालतद्वारा आज आयोजित पत्रकार सम्मेलनमा स्रेस्तेदार ठाकुरप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दर्ता हालसम्मकै बढी भएको बताउनुभयो । उनका अनुसार अदालतले मुद्दालाई सरल, सामान्य र विशेष मार्गबाट फर्छ्योट गर्दै आएको छ । सरल मार्गमा पर्ने मुद्दा छ महिना, सामान्य मार्गमा पर्ने मुद्दा एक वर्ष, विशेष मार्गमा पर्ने मुद्दालाई १८ महिनाभित्र फैसला गर्दै आएको छ ।

चालू आवमा नयाँ र पुराना गरी दुई हजार ४०९ मुद्दामध्ये एक हजार ७४० थान मुद्दा फर्छ्योट भएका हुन् । स्रेस्तेदार पौडेलले अदालतमा तीन जना न्यायाधीशको दरबन्दी भए पनि यो वर्ष दुई न्यायाधीशले मात्र मुद्दा हेरेको जानकारी दिए । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले अदालतमा मुद्दाको भार धेरै रहे पनि आफूहरू दुई महिना स्थानीय तह निर्वाचनको काममा खटिएको बताए।

“मुद्दाको फैसलाका साथै थुनछेक आदेश, प्रशासनिक आदेश, विवाह दर्ता अधिकारी भएर थुप्रै काम गर्नुपरेको छ”, उनले भने, “मुद्दाको सङ्ख्या अधिक छ, दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको कार्य बोझ पनि बढेको छ ।” अर्का न्यायाधीश मनोज श्रेष्ठले वादी प्रतिवादी पक्षले सात महिनासम्म पेशी सारेर समय टार्ने प्रवृत्ति देखिएको बताए। जिल्ला अदालतमा लागू औषध सेवन तथा कारोबार सम्बन्ध विच्छेद, जबरजस्ती करणीका मुद्दा बढी पर्ने गरेको बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्ने सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहलाई सर्वोच्च अदालतले राहत दिएको छ। प्रधानमन्त्री

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी

लेबनानमा युद्धविराम लागू

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र

फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

पाँचथर– पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको

फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु 

एजेन्सी– फिलिपिन्सको सुरक्षा बलले आफहरूलाई पक्राउ गर्ने प्रयासको प्रतिक्रिया गर्दा