भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने | Khabarhub Khabarhub

भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै संघीयताअनुरूप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए ।

‘मुलुकमा संघीयता कार्यान्वयन भइसक्यो, धेरै कुरा संघीयताको मर्म र भावना अनुकुल भइसकेको छ’, मन्त्री श्रेष्ठले भने,’तर सांस्कृतिक नीति अझै पनि संघीयताअनुरुप हुन सकेको छैन । त्यसैले हामी संघीयता सुहाउँदो सांस्कृतिक नीति ल्याउन चाहेका छौँ ।’ सीमान्तकृत समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने उल्लेख गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा सरकार सधैँ प्रत्यत्नशील रहेको उनले बताए। 

मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट विसं २०६८ मा स्थापित विद्यापति पुरस्कार कोषले यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट डा सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्तालाई  पुरस्कृत गरेको छ । कोषका अध्यक्ष प्राध्यापक रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पाँचै स्रष्टालाई मन्त्री श्रेष्ठले सम्मानसँगै पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : २० बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका