टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ « Khabarhub

टाटा सुमो काउन्टरमा यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन ।

यसरी लाग्ने भाडाभन्दा बढी भाडा लिई हैरानी दिएको आरोपमा प्रहरीले १० जनालाई गरेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ बस्ने सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका सञ्जय तामाङ, कैलालीका राजु थापा रहेका छन् । त्यसैगरी पर्सा वीरगञ्जका राजिवकुमार सिंह, सिन्धुलीका नितिश राणा, सर्लाहीका रविन्द्र चौधरी, काठमाडौँ बस्ने भारत विहारका राकेशकुमार श्रीवास्तव, कीर्तिपुर बस्ने रौतहटका आकाश तामाङ, नागार्जुन बस्ने इलामका दोर्जे गुरुङ र काठमाडौँको दक्षिणकालीका राम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त काउन्टरमा केही व्यक्तिले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले बिहीबार सडकबाटै जबरजस्ती तानी दुःख दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ९ : ३७ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष