कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट : मुख्य न्यायाधीश सिवाकोटी | Khabarhub Khabarhub

कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट : मुख्य न्यायाधीश सिवाकोटी


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्खेत – उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फर्छ्योट प्रगति उत्कृष्ट रहेको बताएका छन् ।

उच्च अदालत सुर्खेतद्वारा शुक्रबार आयोजित चालु आव २०७८-०७९ को वार्षिक समीक्षा कार्यक्रममा मुख्य न्यायाधीश सिवाकोटीले तल्लो कर्णालीका पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति हेर्दा लक्ष्यभन्दा माथि नै रहेको बताए । उनले भने, ‘हामीले जनतालाई न्यायको अनुभूति दिलाउने हो । हामीले त्यसैमा दत्तचित्त भएर लाग्नुपर्दछ ।’

उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश माधवप्रसाद पोखरेलले सर्वोच्चको पञ्चवर्षीय रणनीति मुताबिक कार्ययोजना बनाएर अघि बढिएको बताए। उनले उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा १७१ प्रतिशत प्रगति गरेको र तल्लो कर्णालीमा पाँच जिल्लाको मुद्दा फर्छ्योट प्रगति पनि अपेक्षाकृत भएको बताए ।

उच्चकै न्यायाधीशद्वय पुनसिंह चन्द र लेखनाथ ढकालले पञ्चवर्षीय रणनीतिक योजनाअनुरुप बनाइएको  लक्ष्य र उद्देश्य पूरा गर्न भोग्नुपरेका समस्या, चुनौती र भावी बाटो के भन्ने कुराको अनुभव अनुभूति आदानप्रदान गर्न वार्षिक समीक्षाले सहयोग पुर्‍याउने धारणा राखे ।

कर्णाली प्रदेश सरकारका मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठ कर्णालीमा न्यायाधीशहरुले लक्ष्यमा अग्रसर भएर जनतामाझ न्याय दिएको भन्दै कृतज्ञता प्रकट गरे । पाँच जिल्लाका न्यायाधीशहरुको प्रतिनिधित्व गर्दै सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा राजेन्द्रप्रसाद आचार्यले मुद्दा फर्छ्योट हुनुमा सहायक तत्व र हुन नसक्नुमा कारक तत्वले काम गरेको टिप्पणी गरे ।

अब न्यायाधीशहरुले न्यायसम्पादनको कार्य प्रणालीको ढाँचामा परिवर्तन ल्याउनुपर्ने उनको भनाइ थियो । नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष उत्तमप्रसाद आचार्यले न्यायसम्पादन प्रणालीलाई समयानुकूल बनाउँदै लैजानुपर्ने र यो जनहितमा हुनुपर्नेमा जोड दिए ।

उक्त वार्षिक समीक्षामा उच्च अदालतका सुर्खेतका रजिष्ट्रार अर्जुनप्रसाद कोइराला, सल्यान जिल्ला न्यायाधीश सुदीप पाण्डे, दैलेख जिल्ला न्यायाधीश दण्डपाणि लामिछाने, रुकुमपश्चिम जिल्ला न्यायाधीश विद्याराज पौडेल, जाजरकोट जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्य र पाँच जिल्लाका श्रेस्तेदार अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ७ : ५६ बजे

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष