उपचार नपाएर ज्यान जाने अवस्था आउँदैन : स्वास्थ्यमन्त्री खापुङ | Khabarhub Khabarhub

उपचार नपाएर ज्यान जाने अवस्था आउँदैन : स्वास्थ्यमन्त्री खापुङ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले नेपालमा उपचार नपाएर कसैको पनि ज्यान जाने अवस्था आउन नदिने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा सिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले नेपालमा स्वास्थ्यक्षेत्रको पूर्वाधारमा विकास हुँदै गएको भन्दै उपचार नपाएर ज्यान जाने अवस्था आउन नदिने बताएका हुन् । उनले पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको भन्दै सबै प्रकारको तयारीमा सरकार जुटेको बताए ।

भारतमा समेत कोरोना सङ्क्रमितको संख्या बढ्दा नेपालको नाकामा होल्डिङ सेन्टर र कोरोना परीक्षणलाई प्रभावकारी बनाइने उनले बताए । उनले यसअघि कोरोना महामारीमा औषधी, अस्पताल र अक्सिजन भएको भएपनि अब त्यस्तो नहुने धारणा राखे । कार्यक्रममा बिभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ४६ बजे

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई

सरकारको साथ छाडेकी रञ्जिता पनि सत्ता गठबन्धनको बैठकमा

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको घोषणा गरिसकेको महिना