‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन | Khabarhub Khabarhub

‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा आज वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन् । 

क्लिन एन्ड ग्रिन मुभमेन्ट, उद्योग वाणिज्य सङ्घ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा आयोजित उत्सवका क्रममा उनले काँक्रेविहारको दक्षिणपट्टिको जङ्गलमा वृक्षरोपण गरे । मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० लाई ‘वृक्षरोपण वर्ष’ का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ । त्यसका लागि वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।’ 

प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको छ । आगामी आव २०७९/८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तर्गत एक हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी (वन अधिृकत) सूर्य शर्माले जानकारी दिए । उनका अनुसार आज बेल, तिजु, रिट्ठा र इपिलका बिरुवाहरू लगाइएको छ ।

उत्सवमा डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, चिकित्सक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष डा नवराज केसी, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रिन सुर्खेतका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ४८ बजे

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको

नेपालले दियो होबर्ट हरिकेन्सलाई १८१ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलाको आफ्नो चौथो खेलमा

प्रचण्डले भने- उपसभामुखलाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन्

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सरकारी प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’को सेवा, रिपोर्ट आफैं निकाल्न सकिने 

नेपालमै पहिलो पटक डिजिटल पीसीआर मेसिन तथा रिपोर्ट भेण्डिङ मेसिन