‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन « Khabarhub

‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ को उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल काँक्रेविहारमा आज वृक्षरोपण गरी उत्सव उद्घाटन गरेका हुन् । 

क्लिन एन्ड ग्रिन मुभमेन्ट, उद्योग वाणिज्य सङ्घ सुर्खेत, लायन्स क्लब र नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतमा आयोजित उत्सवका क्रममा उनले काँक्रेविहारको दक्षिणपट्टिको जङ्गलमा वृक्षरोपण गरे । मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारले आगामी आव २०७९/८० लाई ‘वृक्षरोपण वर्ष’ का रुपमा मनाउने नीति तथा कार्यक्रम बनाएको छ । त्यसका लागि वृक्षरोपण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।’ 

प्रदेश सरकारले हरित अर्थतन्त्रमा विशेष जोड दिएको छ । आगामी आव २०७९/८० को पूर्वसन्ध्यामा आयोजित उत्सवअन्तर्गत एक हजार वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी (वन अधिृकत) सूर्य शर्माले जानकारी दिए । उनका अनुसार आज बेल, तिजु, रिट्ठा र इपिलका बिरुवाहरू लगाइएको छ ।

उत्सवमा डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावत, चिकित्सक सङ्घ कर्णाली प्रदेशका अध्यक्ष डा नवराज केसी, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेल, लायन्स क्लब तथा क्लिन सुर्खेत, ग्रिन सुर्खेतका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ४८ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको