एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी श्रेष्ठ | Khabarhub Khabarhub

एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्छु : नारायणकाजी श्रेष्ठ


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रवादी वामपन्थी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालले असंलग्न परराष्ट्र नीति लिनु पर्ने र यसमा सबै राजनीतिक दलको ऐक्यवद्धता हुनुपर्ने बताए ।

कार्यक्रममा उनले नेपालमा देशभक्त कोही भए वामपन्थी दलहरू मात्रै भएको दाबी पनि गरे । यही कारण वामपन्थी दलहरूलाई कमजोर बनाउन चौतर्फी रुपमा आक्रमण भइरहेको बताए । जब देशमा वामपन्थीहरू कमजोर हुन्छन् त्यसपछि अन्य मुलुकले पनि हस्तक्षेप गर्न सहज हुने भएकाले सबैले कमजोर बनाउ लागेको उनले बताए ।

कार्यक्रममा उनले अब वामपन्थीहरू कुनै न कुनै रुपमा एकबद्ध हुनुपर्ने पनि बताए । उनले यसअघिको कम्युष्टि पार्टीहरूको एकतालाई जोगाउन नसकेकोमा आत्माआलोचना पनि गरे । उनले कार्यक्रममा उपस्थित केपी शर्मा ओलीलाई पनि वाम एकता जोगाउन नसकेकोमा आत्मआलोचना गर्न आग्रह गरे । साथै अब कुनै निर्वाचनमा तालमेल गरेर हुन्छ वा अन्य कुनै उपायबाट वाम एकता हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : २५ बजे

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

वाशिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार

केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा

काठमाडौं – गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएसँगै तीन

आईपीएल : दिल्लीविरुद्ध गुजरात १० विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा